सचिवको ह्वाट्सएप ह्याकपछि सिंहदरबारमा खैलाबैला

सचिवको ह्वाट्सएप ह्याकपछि सिंहदरबारमा खैलाबैला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको ह्वाट्सएप एकाउण्ट ह्याक भएको छ । ह्याकरले उनको ह्वाट्सएप ह्याक गरेर ठगीको प्रयास गरेपछि मन्त्रालयले सूचना नै जारी गरेको छ । उनको फोटो राखेर ९८०७५४३२६२ नम्बरबाट मन्त्रालयका कर्मचारीहरुलाई गलत म्यासेज पठाइएपछि सतर्कता अपनाउन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको सूचनामा लेखिएको छ, ‘यस मन्त्रालयका सचिव श्री रविलाल पन्थज्यूको ह्वाट्सएप ह्याक गरी उहाँको फोटो राखि ९८०७५४३२६२ नम्बरबाट ह्वाट्सएप म्यासेज च्याटमार्फत मन्त्रालयका विभिन्न कर्मचारीहरुलाई गलत म्यासेज पठाइ श्रीमान् सचिवज्यूको पदको बद्नाम तथा दुरुपयोग गरी ठगी गर्ने प्रयास गरेकोले सो सम्बन्धमा सचेत रहन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

टिप्पणीहरू