मधेशमा सिरुवा बिदा

मधेश प्रदेश सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ । सिरुवा पावनी पर्वको अवसरमा प्रदेश सरकारले पर्सि बिदाको घोषणा गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले उक्त जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, ‘मधेश प्रदेश सरकारद्धारा मिति २०८१ चैत २२ गते मधेश प्रदेशमा २०८२ सालमा दिइने थप बिदासम्बन्धी प्रकाशित सूचना प्रदेश राजपत्रबमोजिम २०८२ वैशाख २ गते मंगलबारका दिन सिरुवा पावनीमा मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सिरुवा पावनी पूर्वी तराई, मधेसका झापा, मोरङलगायत जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया र गनगाईको सबैभन्दा ठूलो पर्व हो । यो पर्व १५ दिनसम्म लगातार मनाइन्छ । वर्षभरि अन्न राम्रो फलोस्, बाढी, रोग, पशुचौपायाले दुःख नदेओस् भन्ने कामना गर्दै सुनबर्सी महाराजको पूजा गर्ने गरिन्छ ।
टिप्पणीहरू