आन्दोलनमा जाने गुरुलाई ‘नो वर्क,नो पे’

आन्दोलनमा जाने गुरुलाई ‘नो वर्क,नो पे’

विभिन्न माग राखी अहिले देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका बेला स्याङ्जामा पढाउन छोडेर आन्दोलनमा गएको तलब नदिने बताइएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले नपढाएको दिनको तलब नदिइने जानकारी गराए । गाउँपालिकाको तर्फबाट आज यहाँका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई पत्र लेखेर यस्तो जानकारी दिइएको छ ।  

‘विद्यालय खोली पठनपाठन गर्ने सम्बन्धमा’ गाउँपालिकाबाट लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपालभरका शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा रहेको कुरा सर्वविदितै छ । हरिनास गाउँपालिकाभरिका विद्यालयहरुका शिक्षक,कर्मचारी तथा बाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ ।’ 

गाउँपालिकाको यो पत्र केहीअघि सामाजिक सञ्जालमा पोष्ट गर्दै एकजना पूर्व प्रहरी निरीक्षक लेख्छन्, ‘नो वर्क, नो पे स्याङ्जाबाटै शुरु हुन लागेको हो त ?’ 

टिप्पणीहरू