सुन सिफारिसमा शुल्क लिन नपाइने

सुन सिफारिसमा शुल्क लिन नपाइने

नेपाल राष्ट्र बैंकले सुन सिफारिसमा शुल्क नलिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन व्यवसाय सम्बन्धी संघ तथा महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा शुल्क नलिन भनेको हो । 

सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८’ रहेको छ । उक्त कार्यविधिको दफा १४ मा सुन व्यवसायसम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाउने व्यवस्था पालना गर्न राष्ट्र बैंकको आग्रह छ । 

सूचनामा भनिएको छ, ‘सुन व्यवसायसम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ, महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवसायको पालना गर्न गराउनहुन विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।’
 

टिप्पणीहरू