बालुवाटारमा एमाले सांसदहरुलाई निर्देशन दिने तयारी

बालुवाटारमा एमाले सांसदहरुलाई निर्देशन दिने तयारी

नेकपा (एमाले) ले संसदीय दलको बैठक डाकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे संसदीय दलको बैठक राखिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । 

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे छलफल हुने एजेण्डा छ ।

त्यसैगरी मुलुकको  समसामयिक राजनीतिबारे चर्चा गरेपछि संसदको बर्खे बैठकमा एमालेको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे नेतृत्वले आवश्यक निर्देशन दिने बताइएको छ ।

टिप्पणीहरू