अवैध रुपमा बस्दै आएकालाई ओमानको ‘अफर’
ओमानमा अवैध रुपमा बसोबास गर्दै आएका नेपालीलाई स्वदेश फर्किन आग्रह गरिएको छ । मस्कटस्थित नेपाली राजदूतावासले भिसा सकिएपछि त्यहाँ अवैधानिक रुपमा बसोबास गरिरहेका नेपालीलाई स्वदेश फर्किन अपिल गरेको छ ।
दूतावासका अनुसार ओमानको श्रम मन्त्रालय हालै जारी गरेको छुट अवधिमा स्वदेश फिर्ती योजनाअन्तर्गत त्यहाँ भिसा सकिएर अवैधानिक रुपमा बसोबास गरिरहेका नेपाली नागरिकलाई स्वदेश फर्किन पाउने अवसर प्रदान गरिएको छ ।
जसअनुसार स्वदेश फर्किन चाहने नेपालीलाई तोकिएको जरिवाना शुल्क पूर्ण रुपमा माफी गरिएको दूतावासको भनाइ छ । यो योजना आउँदो जुलाई ३१ तारिखका दिन अन्त्य हुने जनाउँदै दूतावासले ओमानमा अवैध रुपमा बसोबास गरिरहेका नेपालीलाई समयमै स्वदेश फर्किन सचेत गराएको छ ।
टिप्पणीहरू