नेता नेपालको पार्थिव शरीरमा झण्डा नओढाइने
आज निधन भएका नेकपा एमालेका नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको अन्तिम संस्कार उहाँकै इच्छाअनुसार गरिने भएको छ । हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
स्वर्गीय नेताले मृत्युअघि छाडेको इच्छापत्रबमोजिम अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । त्यसैले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइने छैन ।
झण्डै एक दशकदेखि शारीरिक रुपमा अस्वस्थ उहाँको ७२ वर्षको उमेरमा आज दिउँसो निधन भएको हो । साहित्यकार समेत रहेका नेपाल पञ्चायतकालमा सञ्जय थापाको नामले लेख रचना सिर्जनामा प्रख्यात हुनुहुन्थ्यो । उहाँ साहित्यकार मञ्जुलको सहोदर भाइ हो ।
भोजपुरमा जन्मेका नेपालले १६ वर्षको उमेरमा वामपन्थी विद्यार्थी राजनीतिमा लागेर तत्कालीन कोअर्डिसेन हुँदै नेकपा माले स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
टिप्पणीहरू