कुरा उठाउँदैमा वकिलको इज्जतमाथि धावा बोल्नुपर्छ र !

कुरा उठाउँदैमा वकिलको इज्जतमाथि धावा बोल्नुपर्छ र !

आफूलाई दलित अधिकारकर्मीको रुपमा चिनाउँदै आएका खगेन्द्र सुनार एकजना महिला कानुन व्यवसायीमाथि सार्वजनिक गालीगलौजमा उत्रिएका छन् ।

रुकुम पश्चिममा भएको नवराज बिक हत्या प्रकरणमा अदालतको फैसलालाई चुनौती दिँदै सडकमा उत्रिएका सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेकी थिइन् । आज उक्त मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले जवाफ मागेपछि आक्रोशित भएका सुनारले फेसबुकमा अधिवक्ता गौतमको मानमर्दन हुनेगरी स्टाटस लेखेका हुन् ।

सुनारले व्यक्तिको गोपनीयताको समेत ख्याल नगरी अधिवक्ता गौतमको मोबाइल नम्बर पनि सार्वजनिक गरेका छन् । चरित्रमाथि प्रश्न उठाउँदै फेसबुकमा लेखेका छन्, 'यसलाई तँ नेपाल बारको होस् कि ठमेल बारको सोधौँ !  

गौतमको फोटो राखेर उनले लेखेका छन्, 'यो अधिवक्ता मनिषा गौतम, हाम्रोविरुद्ध सर्वोच्चमा मुद्धा हाल्नेवाली... यसले भनेकी छ- नवराज बिक बलात्कार गर्ने नियतले गएको थियो । नमारेर के पूजा गर्ने ? जे गरे ठीक गरे । खगेन्द्र सुनार पनि नवराजजस्तै अपराधी हो । जेल हाल्न पर्छ ।'

आफूलाई अभियन्ता भन्ने सुनारले व्यक्तिको गोपनीयताको समेत ख्याल नगरी अधिवक्ता गौतमको मोबाइल नम्बर पनि सार्वजनिक गरेका छन् । चरित्रमाथि प्रश्न उठाउँदै फेसबुकमा लेखेका छन्, 'यसलाई तँ नेपाल बारको होस् कि ठमेल बारको सोधौँ !

यता,अधिवक्ता गौतमले भने आफूले जातीय विभेद हुनेगरी मुद्दा नहालेको र दिवङ्गत नवराजमाथि कुनै अप्रिय शव्द कहीं कतै प्रयोग नगरेको प्रष्ट पार्दै अदालतको अवहेलनाको विषय मात्र उठाएको बताइन् । आफ्नो चरित्रहत्या गर्ने सुनारविरुद्ध अदालत  र प्रहरीमा जाने उनको तयारी छ ।

टिप्पणीहरू