उता कतार एअरवेजको उडान स्थगित, यता एअर इण्डियाको

उता कतार एअरवेजको उडान स्थगित, यता एअर इण्डियाको

भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि कतार एअरवेजले पाकिस्तानका सबै उडान रोकेको छ । गएराति भारतले पाकिस्तानी काश्मिरका विभिन्न नौ स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना मारिएको बताइन्छ । दर्जनौं घाइते छन् भने पाकिस्तानले अस्पतालमा आपतकाल घोषणा गरेको छ । 

दुई मुलुकबीच बढेको तनावसँगै आक्रमण शुरु भएकाले उत्त पश्चिम भारतका अधिकांश विमानस्थल बन्द गरिएको छ । धेरै विमान कम्पनीले उडान स्थगित गरेका छन् । एअर इण्डियाले जम्मू, श्रीनगर, लेह, जामनगर, राजकोट, भुजुजु, अमृतसरलगायत नौ शहरमा उडान रोकेको जनाएको छ । अन्य विमान कम्पनीले पनि धमाधम उडान रोकेको जानकारी दिएका छन् ।

उता पाकिस्तान एअरलाइन्सले पनि कराँचीमा हुने उडानको हवाईमार्ग परिवर्तन भएको बताएको छ । कतार एअरवेजले जारी गरेको सूचनामा पाकिस्तानी हवाई मार्ग बन्द भएकाले उडान रोकिएको उल्लेख छ ।

टिप्पणीहरू