हिमाली पदमार्गमा पथ प्रदर्शकले देखेको चित्ताकर्षक दृष्य

हिउँद यामदेखि शुरु भएको हिमाली क्षेत्रमा पदयात्राको सिजन अब बिस्तारै कम हुन थालेको छ । विदेशी पर्यटकहरु विशेषगरी नेपालका हिमाली भेगमा पदयात्राका लागि आउँदा नेपाली पथ प्रदर्शकहरुले निकै ठूलो सहयोगीको भूमिका निर्वाह गरेका हुन्छन् ।

बर्दियाका रामकृष्ण चौधरी त्यस्ता पदप्रदर्शकमध्येका एक हुन् । उनी छोटो समयमा नेपालका उच्च स्थानका धेरैजसो प्रख्यात पदमार्गहरुमा विदेशी पर्यटकहरुको सहयोगी बनिसकेका छन् ।

केही समयअघि उनी मनाङ र मुस्ताङको पदमार्गमा पर्यटकहरुसँगै गएका थिए । सोही क्रममा उनले खिचेका केही तस्बिरहरु निकै मनमोहक देखिन्छन् । चौधरीले मनाङको तिलिचो ताल नजिकैको सय वर्ष पुरानो रुख, प्राचीन थोराङ घाटी, तिलिचो हिमाल, वरपरका हिमनदीलाई आफ्नो क्यामरामा कैद गरेका हुन् ।

टिप्पणीहरू