भ्रष्टाचार लागेका पूर्व मन्त्रीको सबै कार्यक्रम चौपट

भ्रष्टाचार लागेका पूर्व मन्त्रीको सबै कार्यक्रम चौपट

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा निर्मित ठोकर्पा स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रम अन्योलमा परेको छ । वडा नम्बर–२ मा नवनिर्मित उक्त भवनको उद्घाटन पूर्व स्वास्थ्य तथा जनसंख्या र सन्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजना गर्न लागिएको थियो । 

स्थानीय स्वास्थ्य चौकी व्यवस्थापन समितिले आगामी मंगलबार बिहान ११ बजेका लागि उद्घाटन कार्यक्रम राखेको छ । तर टेरामक्स प्रकरणमा आज बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि त्योलगायत सबै कार्यक्रम अवरुद्ध भएको बताइन्छ ।

अब उक्त भवनको उद्घाटन निर्धारित समयमै अरुबाट गराइन्छ वा हाललाई स्थगित हुन्छ,केही पनि खुलाइएको छैन् । यसबारे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर महतसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा सदस्य रहेका बस्नेतलगायतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तीन अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । सोही आरोपमा अख्तियारले आज मुद्दा दर्ता गरेसङ्गै उनको सांसद पद निलम्बन भएको छ ।

टिप्पणीहरू