पोखरामा मतदान, बालुवाटारलाई चुनौती

पोखरामा मतदान, बालुवाटारलाई चुनौती

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघमा नयाँ नेतृत्वको लागि निर्वाचन हुने पक्का भएको छ । अध्यक्षको लागि निवर्तमान अध्यक्ष क्षितिज थेवे र निवर्तमान महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुन लागेको हो । दुवै जनाले मनोननय दर्ता गराइसकेका छन् । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्वसम्मत रुपले थेबेकै नेतृत्वमा नयाँ कार्य समिति चयन गर्न निर्देशनात्मक आदेश दिएका थिए । तर निवर्तमान महासचिव पुरीले निर्वाचनको अडान नछाडेपछि मनोनयन प्रक्रिया अघि बढाइएको हो । 

यसबीचमा थेबे पक्षका नेताहरुले पुरीलाई सहमतिमा ल्याउन व्यापक कन्भिन्स गरेको बताइन्छ । तर उनले महाधिवेशन प्रतिनिधिको मतबाट नयाँ नेतृत्व आउनुपर्ने अडान दोहोर्याएपछि नेताहरु पनि निर्वाचन गर्न सहमत भएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले जेठ ७ गते साँझ युवा संघका पदाधिकारीहरुलाई बालुवाटार बोलाएर सर्वसम्मत ढंगबाटै नेतृत्व चयन गर्न निर्देशन दिनुभएको थियो । कसैले चुनावको कुरा गरेर तमासा देखाउन खोजे कारबाहीको चेतावनी समेत दिइएको बताइन्छ । तर बन्दसत्रमा पुरीको अडानले पार्टी नेतृत्वको निर्देशनलाई चुनौती दिएको कतिपय नेताको बुझाई छ ।

टिप्पणीहरू