उता पाकिस्तानको आपत्ति, यता मोदीको छेडखानी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति पाकिस्तानले आपत्ति जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले मोदीको अभिव्यक्तिले पहिले नै अस्थिरताग्रस्त क्षेत्रमा खतरनाक उदाहरण स्थापित गरेको दाबी गरेको छ ।
सोमबार गुजरातको भुजमा मोदीले पाकिस्तानलाई आतंकको रोगबाट मुक्त गर्न पाकिस्तानी जनता अगाडि आउनुपर्ने र जागरुक हुनुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘पाकिस्तानलाई आतंकवादको रोगबाट मुक्त गर्न पाकिस्तानी जनता पनि अगाडि आउनुपर्नेछ, पाकिस्तानी युवा अगाडि आउनुपर्नेछ, सुख–शान्तिको जीवन बाँचेर, रोटी खानू, नत्र भारतको गोली छँदैछ ।’
क्त अभिव्यक्ति हिंसाको घृणाले भरिएको उल्लेख गर्दै पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘यस्ता अभिव्यक्तिले संयुक्त राष्ट्रसंघको बडापत्रको आधारभूत सिद्धान्तहरुको स्पष्ट रुपमा उल्लंघन गर्दछ । जसले सदस्य राष्ट्रहरुलाई शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न र अन्य राज्यको सार्वभौमसत्ता वा राजनीतिक स्वतन्त्रताविरुद्ध धम्की वा बल प्रयोगबाट टाढा रहन बाध्य पार्छ ।
अन्तर्राष्ट्रिय समुदायले भारतको बढ्दो प्रचारबाजीमा गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्दै पाकिस्तानले अन्यथा क्षेत्रीय स्थायित्व र दिगो शान्तिको सम्भावनालाई कमजोर बनाउने ठहर गरेको छ ।
टिप्पणीहरू