काठमाडौँमा पर्सि सार्वजनिक बिदा

काठमाडौँमा पर्सि सार्वजनिक बिदा

सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्राका लागि आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा घोषणा गरिएको हो । 

गृह मन्त्रालयले आज सूचना जारी गर्दै पर्सि भक्तपुर, ललितपुर र काठमाडौंमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । 

‘मिति २०८१–११–१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ जेठ १८ गते सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू