नुवाकोट घुमघाममा माओवादी अध्यक्ष

नुवाकोट घुमघाममा माओवादी अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’    नुवाकोट पुग्नुभएको छ । उहाँले जिल्लाको पुरानो सदरमुकाम रहेको नुवाकोट डाँडामा पृथ्वीनारायण शाहको पालामा निर्मित ऐतिहासिक साततले दरबारको अवलोकन गर्नुभएको छ ।

महाभूकम्पमा क्षतिग्रस्त उक्त दरबारको पुनर्निर्माण भइरहेको छ । त्यहाँबाट प्रचण्ड नुवाकोटको पूर्वी भागमा रहेको सूर्यगढी पुग्नुभएको छ । स्थानीय बागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा अध्यक्ष दाहाल प्रमुख अतिथि रहनुभएको छ ।

बिहान सदरमुकाम बिदुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

टिप्पणीहरू