राइड सेयरिङ नियमावली स्थगितको सूचना जारी नगरेसम्म बन्द यथावत

राइड सेयरिङ नियमावली स्थगितको सूचना जारी नगरेसम्म बन्द यथावत

यातायात व्यवसायीहरुले सरकारले सूचना जारी नगरेसम्म बन्द फिर्ता नलिने बताएका छन् । राति भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत गरेपनि पहिले सरकारको सूचना सार्वजनिक हुनुपर्ने उनीहरुको अडान छ ।

वैशाख अन्तमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने भनिएपछि उनीहरु बन्द फिर्ता लिन तयार देखिँदैनन् । गएराति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच वार्तामा राइड सेयरिङ नियमावली स्थगन र बन्द फिर्ताको सहमति भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको सूचना जारी गरेपछि मात्रै आन्दोलन रोकिने बताए ।

टिप्पणीहरू