बाटो भुलेको चिनियाँ गाडीको जनताद्वारा उद्धार

बाटो भुलेको चिनियाँ गाडीको जनताद्वारा उद्धार

विपुल पाण्डे

नुवाकोटको शिवपुरी-८,थानापतीस्थित काफलडाँडा-चैजुनारायण-ककनी जोड्ने मोटरबाटोमा २०८२ आज शनिवार एक चिनियाँ गाडी बाटो भुलेर काफलडाँडा हुँदै केरूङ्ग जान खोज्दा फसेको छ ।

अति जीर्ण अवस्थाको उक्त मोटरबाटोमा प्रवेश छिरेपछि गाडी वीचमै अलपत्र परेर स्थानीयले उध्दार गर्न परेको थियो । 

स्थानीय सरकारको नजर पर्न नसकेको उक्त मोटरबाटोमा स्थानीयको सजगता र उदारताका कारण यसरी आज ठूलो दुर्घटना टरेको छ ।

स्थानीयले प्रहरीको सहयोगमा उक्त बाटो स्थानीय औजारको मद्दतबाट मर्मत गरेर चिनियाँलाई उद्धार गरिएको त्यहीँका वासिन्दा कोषराज थपलियाले बताउनुभयो ।

 

टिप्पणीहरू