सुनको भाउ बढेकाेमा किन्नेलाई भन्दा बेच्नेलाई पिर

सुनको भाउ बढेकाेमा किन्नेलाई भन्दा बेच्नेलाई पिर

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले जुलुस निकालेका छन् । उनीहरुले सरकारले आगामी बजेटमा सुनचाँदीमा कर लगाएकाले ध्यानाकर्षण गराइएको भन्दै भर्खरै राजधानीमा जुलुस प्रदर्शन गरेका हुन् । 

नयाँ सडक गेटदेखि निकालिएको र्यालीमा सो क्षेत्रका अधिकांश सुनचाँदी व्यवसायी र कालिगढहरु सहभागी भएको बताइन्छ । र्याली इन्द्रचोकमा पुगेर कोणसभामा परिणत हुने कार्यक्रम छ । 

उनीहरुले सरकारले सुन र सुनका गरगहनामा २ प्रतिशत थप विलासिता कर लगाउँदा उपभोक्ता मूल्यमा अर्को ६ प्रतिशत कर लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको, नेपालमा मन्दीको अवस्था देखिएकाले सुनचाँदीको बजार सुस्त भएको अवस्थामा सरकारले विलासिता कर लगाउन नहुने व्यवसायीहरुको माग छ ।
 

टिप्पणीहरू