संसद नचलेपछि फुर्सदिला भए सांसदहरू
भिजिट भिसा काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै विपक्षी दलले गरेको लगातारको अवरोधले संसदीय गतिविधि प्रभावित भएको छ ।
जेठ १३ गतेदेखि संसद बैठक अवरोध गर्दै आएका विपक्षीहरुले आज पनि कायमै राखे । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक साढे ३ बजे शुरु भएको थियो । तर, बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएकोमा अहिलेसम्म शुरु भएको छैन ।
यसैपनि विजनेशविहीन हुने गरेको संसद बैठक नै बस्न नसकेपछि सांसदहरु भने फुर्सदिला बनेका छन् ।
तस्बिरहरु







टिप्पणीहरू