बूढानीलकण्ठमा बोका बाँडिदै
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले किसानहरुलाई उन्नत जातका बोका वितरण गर्ने भएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ‘उन्नत बोका वितरण ५० प्रतिशत लागत साझेदारी कार्यक्रम’ का लागि इच्छुक किसानसँग दरखास्त आह्वान गरेको छ । स्थानीय बाख्रापालन समूह, नीजि फार्म र सहकारी संस्थाहरुले आवेदन दिनेसक्ने सूचनामा उल्लेख छ ।
दरखास्तको लागि आवेदकको नेपाली नागरिकता, फार्म दर्ता तथा नवीकरण गरेको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि र संक्षिप्त कार्ययोजना पेश गर्नुपर्ने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । उनका अनुसार कार्यक्रम कार्यान्वयनस्थलको जग्गाको स्वामित्व देखिने कागजातको प्रतिलिपि, लिजमा लिएको जग्गाको हकमा तीनदेखि पाँच वर्षको कारारनामा वा सम्झौता पत्र पनि पेश गर्नुपर्ने छ ।
त्यस्तै, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र किसान कार्डको प्रतिलिपि अनिवार्य गरिएको छ । गत वर्ष सेवा नलिएकाले प्राथमिकता दिइने पनि सूचनामा उल्लेख छ ।
टिप्पणीहरू