प्याराग्लाइडिङबाट फेवा तालमा खसेका चार जना सकुशल
पोखरामा उडिरहेको प्याराग्लाइडिङबाट पाइलट र यात्रुसहित चार जना फेवातालमा खसेका छन् । अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह, ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट विश्वास अधिकारी र दुई भारतीय यात्रु झरेका हुन् ।
पाइलटद्वय शाह र अधिकारीले एक-एक जना यात्रु बाेकेर प्याराग्लाइडिङ उडाइरहेको र ल्याडिङको क्रममा दुर्घटना भएको बताइएको छ । फेवातालमा खसेका चारै जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
प्याराग्लाइडिङमा प्राविधिक समस्या आएर अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ ।
टिप्पणीहरू