रास्वपाका सांसदहरू भुइँमा थचक्क

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेको छ ।
विपक्षीको विरोधका बीच सभामुखले पेलेर सदन चलाएपछि सो पार्टीका सांसदहरुले नाराबाजीसहित बेल घेराउ गरेका छन् । बिहान बैठक शुरु हुनासाथ दौडिएर रोष्टम अगाडि नारा लगाउन पुगेका माननीयहरु अहिले भुईँमा बसेर विरोध गरिरहेका छन् ।
टिप्पणीहरू