च्यासलमा निर्देशन, सानेपामा शोक

च्यासलमा निर्देशन, सानेपामा शोक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक अहिले जारी छ । 

बैठकले पूर्व सांसद ढुण्डिराज शास्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दैछ । त्यसबाहेक समसामायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको बताइएको छ ।

उता च्यासलमा पनि नेकपा (एमाले)को जनसंगठन संयन्त्रको बैठक सुरु भएको छ । हालै महाधिवेशन सम्पन्न गरेका १६ जनसंगठनका नवनिर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकलाई पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री विष्णु पौडेलले निर्देशनात्मक सम्बोधन गर्दै हुनुहुन्छ । 

टिप्पणीहरू