लुकी बसेकी चिनियाँ महिला चितवनबाट चलान

भीसाको म्याद समाप्त भई नेपालमा लुकीछिपी बसिरहेको अवस्थामा फेला परेकी चिनियाँ नागरिकलाई चितवन प्रहरीले अध्यागमन विभागमा पठाइदिएको छ ।
५१ वर्षकी चु लीलाई हिजो साँझतिर चितवनको सौराहा एरियामा फेला पारिएको हो ।
उनलाई प्रहरी सहायक हवल्दार कोपिला लावतीको कमाण्डमा दुई जना प्रहरी कर्मचारीको साथ लगाएर बा१ य १५०८ नं. को गाडीमा अध्यागमन विभाग काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
टिप्पणीहरू