सानेपा बैठकमा एमाले मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाली कांग्रेसको बैठकमा सहभागी हुनुभएको छ । केहीबेर अघि सानेपास्थित कांग्रेस मुख्यालयमा भएको केन्द्रीय कार्यसमितिको बैठकमा मन्त्री पन्त पुग्नुभएको बताइन्छ ।
बैठकमा एमालेमन्त्री पुगेपछि कतिपय नेताहरु आश्चार्यमा परेका थिए । तर उहाँ शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न पुग्नुभएको काँग्रेस नेताहरुले बताए ।
गत वैशाख तेस्रो साता शिक्षक महासंघसँग सरकारले सरकारले गरेको नौ बुँदे सहमति अनुसार हिजो नै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने थियो । समय घर्केपछि महासंघले आज बिहान विज्ञप्ति जारी गरेर चेतावनीयुक्त ध्यानाकर्षण गराइसकेको छ । अध्यक्ष लक्ष्मीकिशोर सुवेदी कांग्रेस निकट हुन् ।
टिप्पणीहरू