‘सिनो’ले झाँक्रीलाई सकस
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टीको अनुशासन समितिले तीन दिनको समय दिएर उनीसँग लिखित जवाफ मागेको हो ।
पूर्वमन्त्री समेत रहेकी झाँक्रीले गत साता लुम्बिनीमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्ने क्रममा ‘अब काँधमा सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनको माग गरेकी थिइन् । पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएको बेला झाँक्रीले त्यसतर्फ लक्षित गर्दै उक्त अभिव्यक्ति दिएपछि नेता-कार्यकर्ता आक्रोशित छन् ।
बताइएअनुसार झाँक्रीलाई हिजै स्पष्टीरकण पत्र पठाइएको छ । उनले दिने लिखित जवाफ हेरेर कारवाहीको निर्णय लिइने पार्टीका एक पदाधिकारीले जानकारी दिए ।
टिप्पणीहरू