चीन र नेपालको तथ्य र चित्रमय चिनारी

चीन र नेपालको तथ्य र चित्रमय चिनारी

नेपाल र जनवादी गणतन्त्र चीनको सम्बन्धलाई चिनाउने पुस्तक प्रकाशित भएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा 'सुमधुर सम्बन्धका ७० साल' नामक ग्रन्थ सार्वजनिक भएको हो । 

नेपाल र चीनबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको आगामी अगष्ट १ तारिख (साउन १६ गते शुक्रबार) का दिन विशेष समारोहबीच पुस्तक सार्वजनिक गर्ने तयारी छ । दुई देशको सम्बन्धका विविध आयामलाई ऐतिहासिक रुपमा चर्चा गरिएको यो किताव नेपाल-चाइना मिडिया फोरमले  निकालेको हो । 

नेपाली र चिनियाँ दुवै भाषामा सामाग्रीहरु संग्रहित रहेको पुस्तकमा सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शुभकामना लेखेका छन् । फोरमका अध्यक्ष किशोर श्रेष्ठले लामो भूमिकासहित प्रकाशनको उद्धेश्य प्रष्ट्याएका छन् । 

राजा महेन्द्रदेखि टंकप्रसाद आचार्य (चीन भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री) सम्मको चीन भ्रमणबारे पुस्तकमा चर्चा छ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्गको नेपाल भ्रमणका सन्दर्भ पनि उल्लेख गरिएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनाको प्रारम्भिककालदेखि पछिल्लो समयसम्म भएका मुख्य-मुख्य घटनाक्रमहरु पुस्तकमा समेटिएका छन् । दुई देशबीच दौत्य सम्बन्ध कायम गर्नका लागि दुबै देशका प्रतिनिधिबीच भएका वार्ता, नेपाल राष्ट्र बैंकको स्थापनामा चीनले पुर्याएको सहयोग,भ्रमण आदानप्रदानका विषयले कितावमा महत्व पाएको छ । 

राजा महेन्द्रदेखि टंकप्रसाद आचार्य (चीन भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री) सम्मको चीन भ्रमणबारे पुस्तकमा चर्चा छ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्गको नेपाल भ्रमणका सन्दर्भ पनि उल्लेख गरिएको छ । नेपाललाई चीनले दिएका सहयोगका विविध पक्षलाई दुर्लभ तस्विर र तथ्यांकसहित सूचीवद्ध गरिएको छ ।

तस्बिरहरुः

​​​​​​​​​​​​​​

​​​​​​​

टिप्पणीहरू