सञ्चारमन्त्री डिजिटल सम्मेलनमा

सञ्चारमन्त्री डिजिटल सम्मेलनमा

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्विट्जरल्याण्डको जेनेभा पुग्नुभएको छ । उहाँ आजदेखि शुक्रबारसम्म हुने सूचना समाजको विश्व सम्मेलन डब्लुएसआईएस २० मा भाग लिन त्यहाँ जानुभएको हो । 

सम्मेलनले सूचना तथा डिजिटल समाजमा भएको पछिल्लो २० वर्षे प्रगतिको पुनरावलोकन गर्दै समावेशी र दिगो डिजिटल विकासका लागि भावी रणनीति तय गर्ने बताइएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुग्नुभएका मन्त्री गुरुङलाई संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयका लागि नेपाली स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदीले विमानस्थलमा स्वागत गरेका थिए ।

टिप्पणीहरू