पहिलो आम चुनावमा पाल्पाबाट जितेका रेग्मीको अस्ट्रेलियामा निधन

पहिलो आम चुनावमा पाल्पाबाट जितेका रेग्मीको अस्ट्रेलियामा निधन

पूर्वमन्त्री, सांसद तथा वरिष्ठ राजनीतिज्ञ अच्युतराज रेग्मीको निधन भएको छ । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर २ मेहलधारामा जन्मिएका उनको ९३ वर्षको उमेरमा हिजो उपचारका क्रममा अस्ट्रेलियामा निधन भएको हो । 

रेग्मी २०१५ सालको प्रथम आम निर्वाचनमा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर-३ पाल्पा पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचन भएका थिए । ०४७ सालको अन्तरिम सरकारमा आवास तथा भौतिक योजनामन्त्री रहेका उनले कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका जनाइएको छ । 

उनको निधनले एक वरिष्ठ र अनुभवी राजनीतिज्ञलाई गुमाएको कांग्रेसले जनाएको छ । साथै, रेग्मीको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू