राजेन्द्र लिङ्गदेनको निर्णयविरूद्ध निर्वाचन आयोगमा नवराज सुवेदीको उजुरी (पूर्णपाठ)
राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष तथा 'राजसंस्था पुनर्स्थापनाका लागि जनान्दोलन समिति' का संयोजक नवराज सुवेदीले अनुशासन समितिको अध्यक्ष पदबाट आफूलाई हटाउने पार्टी अध्यक्षको निर्णय विधानसम्मत नरहेको भन्दै बदर गर्न माग गरेका छन् ।
आज निर्वाचन आयोगमा उजुरी दिन पुगेका उनले आफूमाथिको कारवाही विधान विपरीत रहेको दाबी गरे । सुवेदीले आयोगमा बुझाएको ७ बुँदे उजुरीमा पार्टीको विधानको व्यवस्था बमोजिम अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भएको र अहिले पनि सो जिम्मेवारीमा रहेको उल्लेख छ ।
‘म निवेदक पार्टीको अनुशासन समितिको वैधानिक अध्यक्ष रहेको, विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र म स्वयंले पार्टीको विधान विपरीतको कुनै कार्य नगरी पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्था हुँदा मलाई अनुशासन समितिको अध्यक्षबाट हटाउने, मेरो स्थानमा अर्को व्यक्तिलाई तोक्ने समेतका काम कारबाही निर्णय पार्टीको विधान विपरीत रहेकोले यस सम्बन्धमा पार्टीका अध्यक्षज्यूबाट तत्काल लिखित प्रतिक्रिया लिई विधान विपरीत हटाउने र पदपूर्ति गर्ने लगायतका काम कारबाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु’, उजुरीमा भनिएको छ ।
लिङ्गदेनले असर २५ गते सुवेदीलाई अनुशासन समितिको अध्यक्ष र सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट निष्कासन गरेका थिए । पार्टीको विधानविपरीत अध्यक्षले एकलौटीरूपमा गरेको उक्त निर्णय मान्य नहुने भन्दै दुवै नेता आज निर्वाचन आयोग गुहार्न पुगेका हुन् ।
तस्बिरहरुः






टिप्पणीहरू