शीर्ष नेताको छलफलअघि प्राधिकरण अध्यक्ष निलम्बित
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो ।
त्यसैगरी एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव पनि सहभागी थिए ।
त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न कमिटी गठन गरेको छ । कमिटी गठनलगत्तै उनी निलम्बनमा परेका छन् ।
क्याबिनेट बैठकले पूर्व न्यायाधीश कृष्ण गिरीको नेतृत्वमा छानबिन कमिटी गठन गरेको हो । समिति सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् । तीन महिनाभित्र कमिटीले छानबिन प्रतिवेदन बुझाउनुपर्ने छ । ओझा केही दिनदेखि बिरामी भएको जनाउँदै कार्यालयमा अनुपस्थित रहेको बताइन्छ ।
टिप्पणीहरू