कर्णालीमा भोलि सार्वजनिक बिदा

कर्णालीमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदा दिएको हो । 

गत चैत १७ गते प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि प्रदेशभरको सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरु बन्द रहने जानकारी दिएको छ ।

‘मिति २०८२ साउन १ गते बिहीबार साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने...’,सूचनामा उल्लेख छ । 

साउने संक्रान्ति कर्णाली प्रदेशमा मनाइने प्रमुख चाडपर्वमध्ये एक हो । कर्णालीबासीले लुतो फालेर साउने संक्रान्ति मनाउने गरेका छन् । त्यसैगरी, एकै ठाउँमा भेला भएर देउडा गीत गाउने चलन छ ।

टिप्पणीहरू