विद्याले पार्टी सदस्यता स्वेच्छाले त्यागेको एमाले निश्कर्ष

विद्याले पार्टी सदस्यता स्वेच्छाले त्यागेको एमाले निश्कर्ष

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाललाई स्थगित अवस्थामा रहेको जनाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिजो र आज बसेको पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्दै भण्डारीको सदस्यता नवीकरणबारे पार्टीमा थप छलफल गरिने बताए ।

गौतमका अनुसार विधानको धारा ८ र ९ आकर्षित भएकाले नवीकरण प्रक्रिया अवरुद्ध भएको हो ।

गौतमका अनुसार विधानको धारा ८ र ९ आकर्षित भएकाले नवीकरण प्रक्रिया अवरुद्ध भएको हो । भण्डारीले यसअघि राष्ट्रपति हुने क्रममा पार्टी सदस्यता त्यागेको बताउँदै भने, ‘स्वेच्छाले राजीनामा गरेको व्यक्ति पार्टीमा पुनः आउने कुरा वा पार्टीले खटाएको व्यक्ति पुनः आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । उचित समयमा पार्टीले आवश्यक निर्णय लिन्छ ।’

टिप्पणीहरू