काँग्रेसका एकथरी नेताहरु सलबलाउँदै

काँग्रेसका एकथरी नेताहरु सलबलाउँदै

पछिल्लो समय भेटघाटमा निकै सक्रिय देखिएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका नेताहरुसँग छलफल थालेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भएको छलफलमा समसामायिक राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताइन्छ । 

छलफलको क्रममा नेता कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको कुराकानीबारे जानकारी गराएका छन् ।  

पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य गरेकोमा लगातार असन्तुष्टी पोख्दै आएको नेता कोइरालाले पछिल्लो समय सरकारले गतिलो काम गर्न नसकेको विश्लेषण गर्दै आएका छन् ।

टिप्पणीहरू