अध्यागमनमा फ्रेस अफिसर्स
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारीको व्यापक हेरफेर गरिएको छ । गृह मन्त्रालयले आजदेखि ४५ नयाँ अधिकृतलाई कार्यालयमा खटाएको छ । पहिलेका अधिकृतहरुलाई अन्यत्रै सरुवा गरिएको छ ।
पछिल्लो समय भिजिट भिसाको नाममा भएका मानव तस्करीका घटना सतहमा आएपछि मन्त्रालयले पहिलेका कर्मचारीलाई अन्यत्र लगेको हो । हाल खटाइएका नयाँ कर्मचारी लोक सेवा आयोगको परीक्षा उतीर्ण गरेका फ्रेस अधिकृत हुन् ।
टिप्पणीहरू