कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास नगरेपछि मुख्यसचिव दुःखी

कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास नगरेपछि मुख्यसचिव दुःखी

मुख्यसचिव एकनारायण अर्यालले निजामति विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा गरिएको बदमासीको जिम्मा कर्मचारीको नहुने बताएका छन् । उनले त्यस्तो हर्कतको नैतिक जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने उनको अडान छ ।

निजामती विधेयकमा भएको भनिएको चलखेलबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा बोल्दै अर्यालले त्रुटी भएको भए मानवीय हुनसक्ने उनको आकलन छ । तर, कर्मचारीमाथि दोष थोपरेर नेतृत्व उम्किन नमिल्ने मुख्यसचिवको भनाइ छ ।

निजामती विधेयक प्रतिवेदन तयारको क्रममा मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवलाई बाइपास गरिएको उनको दाबी छ । राजनीतिज्ञले कर्मचारीलाई विश्वास नगरेकोमा उनको आपत्ति छ । भने, ‘कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास गरेनन् । ३४ वर्ष भयो मैले काम गरेको । अब घर जाँदा म अयोग्य भएर जाने ? आफैं नियुक्ति दिने अनि आफैं अविश्वास गर्ने ?’

टिप्पणीहरू