श्रीमतीको आँखा छल्न खोज्नेलाई आपत्
विश्वकै चर्चित आइटेक कम्पनी एस्ट्रोनोमरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एन्डी बायरनले पदबाट राजीनामा दिएका छन् । घरमा श्रीमती र दुई सन्तान भएका उनी अर्कै महिलासँग रंगेहात फेला परेपछि राजीनामा दिनुपर्ने परिस्थितिमा पुगेका हुन् ।
केही दिनअघि बायरन कोल्डप्ले ब्याण्डको कन्सर्टमा गएका थिए । तर उनी एक्लै भने गएका होइनन् । कम्पनीकै एचआर क्रिस्टन क्याबोट पनि बोयरनसँगै गएकी थिइन् । दुवै जना भिआईपी कक्षको अध्याँरोबाट कन्सर्टको आनन्द लिइरहेका थिए ।
जब एक्कासी क्यामराम्यानको लाइट भिआईपी कक्षमा पुग्यो, तब उनीहरुलाई आपत पर्यो । क्यामेराले खिचिरहेको दृश्य ठूलो डिजिटल बोर्डमा पनि प्ले भइरहेको कारण अन्य दर्शकले बायरनलाई चिनिहाले, र हुटिङ गर्न थाले । परिस्थिति यस्तो बन्यो कि, अंगालोमा टाँसिएर कन्सर्टको आनन्द लिइरहेका बायरन र क्रिस्टन रातोपिरो भए । उनीहरु अंगालोबाट छुट्टिएर लजाउँदै अध्याँरोमा लुक्ने प्रयास गरे ।
उक्त घटनापछि बायरनले एचआर कर्मचारी क्रिस्टलाई डेट गरिरहेको खुलेको हो । जबकि, यसबारे उनकी श्रीमतीलाई केही पत्तो थिएन । क्यामेरामा रंगेहात कैद भएपछि एकातिर बायरनले आकर्षक जागिर गुमाएका छन्, भने अर्कोतिर पारिवारिक सम्बन्ध धरापमा परेको छ ।
बायरनले काम गर्दै आएको एस्ट्रोनोमर दुई खर्बभन्दा बढी डलरको कम्पनी हो । ५० वर्षीय बायरनले मासिक करोडौँ बुझ्थे । उनको कुल सम्पति छ अर्ब ८८ करोड पुगेको थियो । तर उक्त घटनापछि श्रीमतीले आधा सम्पति लिएर पारपाचुके गर्न खोजेकी छन् ।
टिप्पणीहरू