सडक विभागका इञ्जिनियर बर्खास्त

सडक विभागका इञ्जिनियर बर्खास्त

सडक विभागकी सब–इञ्जिनियर अस्मिता गुरागाईं कारवाहीमा परेकी छन् । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेकी उनलाई विभागले बर्खास्त गरेको हो । 

निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएको विभागले जनाएको छ । 

सूचनामा भनिएको छ, ‘सडक विभाग पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्रा) सब–इन्जिनियर अस्मिता गुरागाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ ।’

टिप्पणीहरू