वामदेव बेरोजगार भएर एसमा नबस्ने
गतसाता मात्र नेकपा एकीकृत समाजवादीमा मिसिएका वामदेव गौतमले परिभाषित जिम्मेवारी नपाए पार्टी छोड्ने संकेत गरेका छन् । पार्टीले काम दिन नसके आफू लामो समयसम्म बस्न नसक्ने उनले प्रष्ट पारे ।
आज कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै गौतमले आफूलाई काम बिनाको पद नचाहिएको पनि बताए । तर, कामसहितको जिम्मेवारी दिन उनले आग्रह गरेका छन् ।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भेनको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस्, उनले भने, ‘कामबिनाको पद चाहिँदैन । कुनै पनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ ।’
मलाई काम गर्न क्षेत्र चाहियो भन्दै गौतमले थप अगाडि भने, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो । एउटा जिल्ला कि दुई वटा जिल्ला की आधा जिल्ला कि एउटा पालिका कि क्षेत्र भनेको । जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यि संरचना छन् ।’
संविधानमा लेखेको समाजवाद निर्माण गरेर मुलुकलाई संसारका सबैभन्दा विकसित समाजमा पुर्याउने कल्पना उनले सुनाए ।
टिप्पणीहरू