जापान पठाउने संस्थालाई नवीकरण हुन आह्वान

जापान पठाउने संस्थालाई नवीकरण हुन आह्वान

नेपाली श्रमिक जापान पठाउन सूचीकृत संस्थाहरुलाई नवीकरणका निम्ति आह्वान गरिएको छ । 

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै जापान इन्टरनेशनल ट्रेनिङको अपरेसन अर्गनाइनेसन (जेआईटीसीओ) अन्तर्गत नेपाली श्रमिक जापान पठाउन सूचीकृत संस्थाहरुलाई नवीकरणका लागि निवेदन पेश गर्न आह्वान गरेको हो । 

वैदेशिक रोजगार ऐन, नियमावली र निर्देशिकाबमोजिम तोकिएका कागजात र दस्तुर तिरेर सन् २०२६ जुलाईसम्म नवीकरण गर्न भनिएको छ । 

hj‘यस विभागबाट जापान इन्टरनेशनल ट्रेनिङको अपरेसन अर्गनाइजेशन (जेआईटीसीओ) अन्तर्गत नेपाली श्रमिक जापान पठाउन सूचीकृत संस्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४, नियमावली, ०६४ एवं नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, ०६६ बमोजिम सन् २०२५ जुलाई ३१ भित्र सम्बन्धित कानूनमा उल्लेख भएबमोजिमको नवीकरण दस्तुर र कागजात संलग्न गरी २०२६ जुलाई ३१ सम्मका लागि नवीकरण गर्न निवेदन आह्वान गरिएको छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू