काठमाडौँमा आज वैद्यहरूको खबरदारी

काठमाडौँमा आज वैद्यहरूको खबरदारी फाइल फोटो

मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी माओवादी सम्वद्ध क्रान्तिकारी युवा सङ्घले भ्रष्टाचारविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ । आज काठमाडौँमा बृहत मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गर्न लागेको हो । 

कुपण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी कार्यवाहक महासचिव सिपी गजुरेलले र्यालीको औपचारिक उद्घाटन गर्नेछन् । कुपण्डोलबाट शुरु हुने र्याली जाउलाखेल, लगनखेल, सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु, कुलेश्वर, कालिमाटी,डल्लु, स्वयम्भु, वनस्थली, बालाजु, नयाँ बसपार्क, बसुन्धरा, चक्रपथ, चप्पल कारखाना, धुम्बाराही, सुकेधारा, चाबहिल, मित्रपार्क हुँदै सिफल चौरमा आएर समापन हुनेछ । 

संसदवादका विरुद्ध बैचारिक संघर्ष चलाउँदै आएको क्रान्तिकारी माओवादीले पछिल्लो केही समययता जनजीविकाका सवालमा आवाज उठाउँदै आएको छ । भ्रष्टाचार, कुशासन, बेथिति र अन्याय विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तस्बिरहरु 

टिप्पणीहरू