संविधान जलाउन माग गर्दै माइतीघरमा सिंगल धर्ना
फाइल फोटो
२०७२ सालको संविधान खारेज गर्न माग गर्दै एकल प्रदर्शनमा उत्रिएका एक बृद्धले आज पनि त्यसलाई जारी राखेका छन् ।
अहिलेको संविधान खारेज गरेर नयाँ संविधान जारी गर्न माग गर्दै धादिङको गजुरी गाउँपालिका किरान चोक -८ स्थाई ठेगाना भई हाल कलंकी घर बताउने ७५ वर्षीय चेतनाथ ढुंगाना प्रदर्शनमा उत्रिएका हुन् ।
गत वर्ष असोज ४ गतेदेखि हरेक दिन माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरिरहेका उनले आज ३५४ औँ दिनको धर्नालाई निरन्तरता दिए । सत्तासीन नेताहरुले कानुनलाई मनोमानी रुपमा प्रयोग गरेर बिभिन्न घटनाका दोषीलाई छुट दिएको, राष्ट्रघाती सम्झौता गरेको भन्दै ढुंगानाले संविधान काम नलाग्ने अवस्थमा पुगेको बताए ।
'२०७२ साल असोज ३ गते जारी भएको संविधान गणतन्त्र हैन नेतातन्त्र हो' लेखिएको ब्यानरसहित प्रदर्शनमा बसेका उनले अहिलेको संविधान जलाई नयाँ जारी गर्नुपर्ने माग राखेका छन् ।
टिप्पणीहरू