सभा गृहमा आज १६५ सांसदको शपथ
‘राष्ट्रिय युवा संसद' का १६५ जना सांसदको नाम आज घोषणा गरिने भएको छ । आज काठमाडौँमा विशेष कार्यकम गरी युवा सांसदको नाम घोषणासहित सपथ ग्रहण र प्रशिक्षण दिन लागिएको हो ।
राष्ट्रिय युवा संसद अभियानको आयोजनामा अहिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा कार्यक्रम चलिरहेको छ । सांसदहरूलाई उज्यालो नेपालका संयाेजक तथा नेपाल विधुत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, बरिष्ठ पाईलट क्याप्टेन विजय लामा, उधाेग वाणिज्य संघका अध्यक्ष भवानी राणा र चिकित्सक भगवान काेईराला, सामाजिक अभियन्ता विजय खरेल, हिमाल महतलगायतले प्रशिक्षण दिनेछन् ।

युवाहरूको नेतृत्व विकाससँगै उनीहरुलाई लोकतान्त्रिक प्रक्रियामा सशक्त ढंगले संलग्न गराउने उद्देश्यका साथ गत वर्ष असोजमा यो अभियान घोषणा गरिएको थियो । अभियानले युवा सशक्तिकरण र नेतृत्व विकासका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।
आज १६५ जना युवा सांसदले सपथ ग्रहण गरेसँगै युवा नेतृत्व, उत्तरदायित्व र राष्ट्र निर्माणको यात्रामा नयाँ अध्याय सुरू हुने विश्वास आयोजकले लिएको छ ।
तस्बिरहरु





टिप्पणीहरू