रातो कार्पेट ओछ्याएर स्वागत गर्दा लागेन डर, समस्या परेपछि बिचौलियको भर
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमखु जिल्ला अधिकारी किरण थापाले एक भ्रष्टाचार आरोपीलाई रातो कार्पेट ओछ्याए स्वागत गरेपछि प्रमुख जिल्ला अधिकारी थापाको चौतर्फी आलोचना भएको छ । जागिरे जीवनकै अन्तिम समयमा आएर विवादित बनेपछि सिडियो थापालाई आच्छुआच्छु हुन थालेको बताइएको छ । विभिन्न सञ्चार माध्यमा प्रमुख जिल्ला अधिकारीको रबैयालाई समाचार बनाएर प्रकाशन भएपछि अहिले आफ्नो बचाउका लागि हारगुहार गर्न थालेका छन् । उनी मेरो केही गल्ति छैन भन्दै शक्तिकेन्द्र धाउने गरेको स्रोतको दावी छ ।
गएको असार ३२ गते बाह्रविसेमा आयोजना भएको कार्यक्रममा टेरामक्स खरिद प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेको अभियुक्त मोहन बस्नेतलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेको भन्ने उनीमाथि आरोप लाग्दै आएकोछ । .जिल्लामा अख्तियार प्रतिनिधिकैरुपमा समेत रहेको प्रमुख जिल्ला अधिकारी थापाको सो क्रियाकलाप गलत रहेको भन्दै जिल्लास्थित राजनीतिक दल र तिनका भातृ संगठनहरुले विज्ञप्ती मार्फत विरोध गरेका थिए । विभिन्न सञ्चार माध्यमहरुमा समेत प्रथामिकताका साथ समाचार आएपछि अत्तालिएका प्रमुख जिल्ला अधिकारी आफ“ले गलत नगरेको भन्दै आफ्नो बचाउ गरिदिन हारगुहार गर्दै शक्तिकेन्द्र धाउन थालेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्रालयका सचिव गोर्कणमणि दुवाडी निकट एक ‘विचौलीयासँग प्रजिअ थापाले भेटेर आफ्नो पक्षमा सहयोग गरिदिन अनुरोध गरेका छन् । केही सञ्चारमाध्यमहरुमा आफ“ अनुकुल समाचार समेत लेख्न लगाएका थापालाई ति बिचौलीयाले तपाइ ढुक्क हुनुहोस केही हुदैन,बरु अलि अलि पैसा खर्च गर्नुपर्ने हुन सक्छ, पैसा चाहीँ जम्मा गर्नु भने पछि उनी ढुक्क हुदै सिन्धुपाल्चोक फर्किएको बिचौलीया निकट स्रोतले जानकारी दियो .
आफ“लाई खुँखार कांग्रेस निकट देखाउने प्रजिअ थापा सिन्धुपाल्चोकमा आएदेखि नै विवादमा पर्दे आएका छन् । अहिले
समस्या भएपछि कांग्रेसका विभिन्न नेताहरुसँग भेटेर आफ“लाई सहयोग गरिदिन आग्रह र अनुनयविनय गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले भने आयोजक प्रशासन कार्यालय नभएको दावी गरेका छन् । तातोपानी नाका र अरनिको राजमार्ग व्यवस्थापन सम्वन्धीको सो कार्यक्रमको आयोजक जिल्ला समन्वय समिति रहेको र आफू सो कार्यक्रममा सहभागी मात्र भएको उनले दावी गदै आएका छन् । अहिले पनि उनी बस्नेत सहभागी हरेक कार्यक्रममा कुममा कुम जोडेर हिड्ने गरेका छन् ।
काम गर्ने कालु मकै खाने भालु
उसो त आफूले सिन्को नभाँचे पनि हरेक भाषणमा मैले यो गरे र त्यो गरें भनेर जस आफूतिर लिन खप्पिस बस्नेतले चिनियाँ भूभागमा अलपत्र रहेका नेपालीहरुको उद्धार आफूले नै गरेको भन्न र भनाउन समेत भ्याएका छन् । गत असार २४ गते भोटेकोसी बाढीले रसुवागढीस्थित मितेरी पुल बगाएरु बाटो अवरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा अलपत्र रहेका नेपालीहरुलाई तातोपानी नाका भएर आफूले नै फर्काएको उनले दावी गर्दै आएका छन् । तातोपानी नाका भएर फर्कँदै गर्दा केही युट्युवे, आफ्ना निकटका पत्रकार र हुनमानसहित लावाश्कर कोदारी पुगेका उनले आफ्नो पक्षमा समाचार लेखाउनसमेत भ्याए् । स्रोतका अनुसार नेपाल सरकारको विशेष अनुरोध र चिनियाँ सरकारको सहमति र सहयोगमा ती नेपालीहरुलाई फर्काइएका हुन् । खासगरि केरुङमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि चीन सरकारसंग पराराष्ट्र मन्त्रालयले हारगुहार गरेपछि चीन सरकारले उनीहरुलाई निशुल्क तातोपानी नाकासम्म ल्याइदिएका हुन् । भ्रष्टाचारको मुद्याले डामेर, बाह्रबीसे पलाँतितिर सिकरले मुख छोपेर बसेका निलम्वित सांसद बस्नेत तातोपानी नाकाबाट अलपत्र नेपाली फर्कँदैछ भन्ने खबर पाएपछि हतारहतार युटुवे र निकटका पत्रकारसहित नाका पुगेका मात्र हुन् ।
यो कार्यमा उनले न त चीनसँग अनुरोध गरेका थिए, न त उनले अनुरोध गरेकै भरमा चीन सरकारले मान्ने नै थियो । निलम्वित नहुँदा त जिल्लाको समस्या बारे संसदमा चुइक्क बोलेको दुईवर्ष भयो अहिलेसम्म रेकर्ड छैन भने अहिले त निलल्वित भएर बेरोजगार भएको मान्छे बोल्ने कुरै आएन । फेरि यो सबै कुरा जगजाहेर हुँदाहुँदै पनि उनी मैले नै गरेको भनेर दावी गर्दै आएका छन् भने टेरामक्स काण्डले किरो बन्न लागेको बस्नेतलाई हिरो बनाउँदै हो हो बस्नेतकै पहलमा फर्केको हुन भनेर केही विकाउ सञ्चारकर्मी र कार्यकर्ता न्वारानदेखिको बल निकालेर लाग्दै आएका छन् । बरु केरुङमा फसेका नेपालीहरुलाई कुटनीतिक पहलद्वारा छिटोभन्दा छिटो उद्धार गर्न रसुवाका सासद इञ्जिनियर मोहन आचार्यले परराष्ट्र मन्त्री डा. आरजु राणालाई भेटेर आग्रह गरेका थिए ।
स्वेदेश आइपुगेका ती नेपालीहरुका लागि नेपाल सरकारको आग्रहमा बाह्रबीसे नगरपालिकाले ४ वटा र अरनिको यातायात समिति प्रालिले ३ वटा गरि जम्मा ७ वटा गडी निशुल्क व्यवस्थापन गरिएको थियो । यो पनि बस्नेत आफैले गरेको हौवा पिटाएकोछ ।
टिप्पणीहरू