ओली सरकारले अन्तराष्ट्रिय सम्बन्ध बिगार्यो : सांसद दाहाल
नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले वैदेशिक सम्बन्ध बलियो बनाउन वर्तमान सरकार असफल भएको टिप्पणी गरेका छन् ।
केपी शर्मा ओली नेतृत्वको दुई दलीय गठबन्धन सरकारले अन्तराष्ट्रिय जगतमा मुलुकको आँच र ओज झन् झन् कमजोर बनेको उनको दाबी छ । सांसद दाहालले सामाजिक सञ्चालमामार्फत् सरकार अन्तराष्ट्रिय कूटनीतिना चुकेकै कारण नेपालले निम्ता दिँदा पनि विदेशी नेता नआउने अवस्था बनेको बताए ।
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाइएको दाबी उनले गरे । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा चिनियाँ राष्ट्रपति सि चिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त वार्ता गरेको तस्वीर शेयर गर्दै दाहालले लेखेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय जगतमा बलियो र ओजसहितको उपस्थिति थियो, तर आज निम्ता माग्दा पनि नपाउने अवस्था ।’
टिप्पणीहरू