एमसीसीको पत्रपछि अर्थ मन्त्रालयको विज्ञप्ति

एमसीसीको पत्रपछि अर्थ मन्त्रालयको विज्ञप्ति

अमेरिकी सहयोग परियोजना एमसीसीले निरन्तरताबारे अर्थ मन्त्रालयले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालमा आफ्नो कार्यक्रमले निरन्तरता पाउने जनाएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा अमेरिकाले दिने सम्पूर्ण वैदेशिक सहायतामा अमेरिका पहिलो नीति अनुकूल हुनुपर्ने भन्दै पुनरावलोकनको घोषणा गरेका थिए । ९० दिन यूएसएडलगायत निकायबाट दिइने वैदेशिक सहायता पूर्णरूपमा रोक्ने घोषणा गरेपछि सहयोग ठप्प भएको थियो ।

तर, अमेरिकाले वैदेशिक सहायताबारे पुनः मूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्वपूर्ण खरिद तथा कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्य गर्न अनुमति दिएको जनायो । अहिले एमसीसी निरन्तरताका लागि सिफारिस भएपछि अर्थ मन्त्रालयले मुख खोलेको हो ।

टिप्पणीहरू