इराकबाट सबै नेपाली सैनिक फिर्ता
इराकस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ रहेका सम्पूर्ण नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार आगामी पुस १६ गतेभित्र उक्त मिसन बन्द गरिने तयारीसँगै शान्ति स्थापनार्थ खटिएका अन्तिम २७ जना सैनिक टोली बुधबार राति काठमाडौं आइपुगेका हुन्।
नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा सैनिक टोली स्वदेश फर्किएको हो।
योसँगै गत असार २४ गतेदेखि विभिन्न चारवटा व्यावसायिक उडानमार्फत इराक मिसनमा खटिएका सबै नेपाली सैनिकहरूको फिर्ती प्रक्रिया पूरा भएको छ।
टिप्पणीहरू