सडकपेटीमा सामग्री थुपारेपछि डंगोललाई आपत्

सडकपेटीमा सामग्री थुपारेपछि डंगोललाई आपत्

काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माणजन्य सामग्री थुपार्ने एक जनालाई कारबाही गरेको छ । वडा नम्बर ११ थापाथलीका स्थानीय चन्दकाजी डंगोललाई कारबाहीस्वरुप जरिवाना तिराइएको हो । 

महानगरका अनुसार उनलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ । डंगोलले सडकपेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेको महानगरको भनाइ छ । कारबाहीमा परेका उनलाई आगामी दिनमा यस्ता काम नगर्न महानगरले सचेत पनि गराएको छ ।

टिप्पणीहरू