भक्तपुरमा रविको ग्रहदशा शान्तिपूजा
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ग्रहदशा शान्तिका लागि विशेष पूजा गरिएको छ । भक्तपुरको बागेश्वरीस्थित तीन तले शिवलिङ्ग मन्दिरमा पूजा र हवन गरिएको बताइन्छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि हाल रुपन्देही जिल्ला कारागार, भैरहवामा रहेका लामिछानेका लागि पत्नी निकिता पौडेल लामिछानेले ग्रहशान्ती गराएकी हुन् । पूजामा परिवारका केही सदस्यसहित लामिछानेका शुभेच्छुकहरूको पनि सहभागिता रहेको बुझिएको छ ।
उता, रास्वपा सांसदहरूले लामिछानेप्रति समर्थन जनाउँदै संसदीय दलको बैठक कारागार नजिकैको रमादा होटलमा गरेका छन् । हिजो सम्पन्न बैठकपछि सांसदहरू पालैपालो कारागार पुगेर लामिछानेसँग भेट गरिरहेका छन् ।
फोटो : हरिशरण लामिछानेको फेसबुक पेज ।

टिप्पणीहरू