अटेरी कर्मचारीलाई गृहको २४ घण्टे सूचना
गृह मन्त्रालयले गैरहाजिर मातहतका कर्मचारीलाई २४ घण्टाभित्र कार्यक्षेत्रमा खटिन निर्देशन दिएको छ ।
सरुवा तथा पदस्थापना भएको महिनौसम्म पनि हाजिर नहुने २१ कर्मचारीलाई मन्त्रालयले सार्वजनिक सूचनामार्फत् तत्काल कार्यक्षेत्रमा पुग्न अल्टिमेटम दिएको हो । सरकारी निर्देशन तोड्ने कर्मचारीहरूमा १८ शाखा अधिकृत र पाँच नायब सुब्बा छन् ।
शाखा अधिकृत फर्सुराम भट्टराईलाई एक महिनाअघि नै अध्यागमन कार्यालयमा पदस्थापना गरिए पनि उनी हालसम्म पनि हाजिर नभएको गृहले जनाएको छ । त्यस्तै, बाँकेको इलाका प्रशासन कार्यालयमा सरुवा गरिएका मानबहादुर बुढा पनि त्यहाँ हाजिर भएका छैनन् ।
उपत्यकमै रहेका शाखा अधिकृत र नायब सुब्बाहरूले बाहिरका जिल्लामा जान अटेर गरेको स्थिति छ । उनीहरुलाई पटक-पटक कार्यक्षेत्रमा गएर जिम्मेवारी सम्हाल्न आग्रह गर्दै आएको गृहले पुन: २४ घण्टे सूचना निकालेको हो ।
टिप्पणीहरू